
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रूपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रूपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रूपैयाँ ७० पैसा र बिक्रीदर ११३ रूपैयाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ६४ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रूपैयाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६१ पैसा र बिक्रीदर चार रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८५ पैसा र बिक्रीदर नौ रूपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८७ पैसा र बिक्रीदर २२ रूपैयाँ ९६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रूपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रूपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रूपैयाँ ०९ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।