
२ जनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई नै पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका देवराज ढुंगेल र जयराम अधिकारी रहेका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरू दुई जना मिलेर ललितपुरमै बस्दै आएका केशवराज हायू र पारुहाङ राईको हत्या गरेका प्रहरीले जनाएको छ ।
हायूको शव गत मंसिर २४ गते ललितपुरको एक इनारमा भेटिएको थियो भने राईको शव त्यसको भोलिपल्ट झोलामा भेटिएको थियो ।
पारुहाङको शव भने भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ स्थित देउराली जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।