२४ जेठ २०८३, आइतबार

‘झरीपछिको इन्द्रेणी’ दक्षिण कोरियामा प्रदर्शन हुँदै

पुस ७, २०८२
काठमाडौं
‘झरीपछिको इन्द्रेणी’ दक्षिण कोरियामा प्रदर्शन हुँदै

नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ।

प्रदीप भट्टराईको नेतृत्व तथा व्यवस्थापनमा दक्षिण कोरियामा केही दिनभित्रै फिल्म प्रदर्शन हुन लागेको हो ।

नेपालमा आधिकारिक सम्झौता भएसँगै दक्षिण कोरियामा फिल्म प्रदर्शनको तयारी थालिएको भट्टराईले जानकारी दिए ।

परदेशी जीवन, संघर्ष, पारिवारिक भावना तथा आशाको सन्देश बोकेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले कोरियामा रहेका नेपाली दर्शकहरूको साथ पाउने उनको विश्वास छ ।

'यो कुनै व्यक्तिगत वा सीमित समूहको कार्यक्रम होइन, कोरियामा रहनुभएका सम्पूर्ण नेपाली समुदायका लागि हो। सबै सहयोग, व्यवस्थापन र जिम्मेवारी मेरो तर्फबाट हुनेछ,' भट्टराईले भने ।

दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्था, बुद्धिजीवी, श्रमिक, विद्यार्थी तथा सम्पूर्ण नेपालीहरूलाई फिल्म हेरेर नेपाली चलचित्र क्षेत्रलाई हौसला प्रदान गर्न उनले आग्रह गरेका छन् ।

नेपाली चलचित्रलाई विदेशमा समेत व्यवस्थित र मर्यादित रूपमा प्रस्तुत गर्ने यो प्रयासले कोरियामा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्