३० जेठ २०८३, शनिबार

तीन वटा होटललाई तिराइयो जरिवाना

पुस ९, २०८२
काठमाडौं
तीन वटा होटललाई तिराइयो जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल ४५ हजार रूपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वर्ल्ड एन्ड ब्याङ्केटलाई २० हजार जरिवाना गरिएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो ।

यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।     

salt training

कमेन्ट गर्नुहोस्