
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय आलम मियाको भारतमा मृत्यु भएको छ ।
गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मिया लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।
पुस १० गते अचानक बेहोस भएर लडेका मियाको उपचारका क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ ।
जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।