०८ असार २०८३, सोमबार

जेनजी आन्दोलनमा भागेका कैदीको मृत्यु

पुस १२, २०८२
झापा
जेनजी आन्दोलनमा भागेका कैदीको मृत्यु

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय आलम मियाको भारतमा मृत्यु भएको छ ।

गत भदौ २४ गते काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मिया लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

पुस १० गते अचानक बेहोस भएर लडेका मियाको उपचारका क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ ।

जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्