
महोत्तरीको जलेश्वर नगरपालिकाको– १२, थरुवाही गाउँबाट विद्यालय गएका गौतम यादव गत जेठ ७ गतेदेखि बेपत्ता भएका छन् ।
थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनम यादवका छोरा बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कूलमा पढ्न गएदेखि घर फर्केका छैनन् ।
कक्षा चारमा पढ्ने गौतम त्यस दिन विद्यालय पोसाक, झोला र चारथान कापी बोकेर साइकलबाट विद्यालय गएका थिए ।
जेठ ८ गते खोजतलासका लागि बाबु आशुतोष यादवले लिखित निवेदन दिएपछि प्रहरीले बालक गौतमको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।