
पोल्याण्ड सरकारका प्रवक्ताका अनुसार युरोपेली नेताहरूले मंगलबार बिहान १०ः०० बजे युक्रेनमा जारी युद्धबारे महत्वपूर्ण छलफल गर्न लागेका छन् ।
सरकारका प्रवक्ता आदम श्लाप्काले भने,“बिहान ११ः०० बजे प्रधानमन्त्री डोनाल्ड टुस्कले युक्रेनको विषयमा अर्को युरोपेली नेताहरूको बैठकमा भाग लिनेछन् ।”
नोभेम्बरदेखि सुरु भएको उच्चस्तरीय कूटनीतिक वार्ताको उद्देश्य दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्नु हो ।
सोमबार, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की र किएभका वार्ताकारहरूले अमेरिकी दूत स्टीभ विटकफसँग टेलिफोनमार्फत कुरा गरेका थिए ।
यो कुराकानी जेलेंस्की र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीचको पहिलाको वार्तापछि र युरोपेली नेताहरूसँगको पछिल्ला आदानप्रदानको क्रममा भएको हो ।