०९ असार २०८३, मंगलबार

रमेश लेखकको स्थानहद फुकुवा

पुस १७, २०८२
काठमाडौं
रमेश लेखकको स्थानहद फुकुवा
फाइल फोटो

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ। दुई पटक बयान लिएर आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।

लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

आयोगले उनीसँग सोमबार र बुधबार दुई दिन बयान लिएर स्थानहद फुकुवा गरेको हो ।

अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

शुरूमा ओलीलाई आफैं बयान दिन आउन बोलाउने, उनी नआए आयोग आफैं बयान लिन ओली बसेका ठाउँमा जाने र त्यति गर्दा पनि बयान दिन नमाने पक्राउ गरेरै भए पनि बयान लिने तयारी आयोगको छ ।

salt training

कमेन्ट गर्नुहोस्