
हिजोआज फेसनमा रुचि नराख्ने को होला ! जुनसुकै उमेर समूहका मानिसले बजारमा देखिने फेसनका लुगाप्रति आकर्षित भएको भेटिनु सामान्य बनिसकेको छ ।
शहर या गाउँमा सबैतिर बसोबास गर्नेहरूमा भने विस्तारै फेसनप्रति रुचि बढ्दै गएको पाइन्छ । गाउँलाई पनि विस्तारै शहरको रहनसहनले छुन थालेको छ ।
बजारमा फेसनका विभिन्न नेपाली ब्रान्डहरू स्थापित हुँदै गएका छन् । नेपालीहरूको फेसनप्रति बढ्दै गएको रुचिलाई ध्यान दिँदै नेपाली ब्रान्ड ‘पोइजन जिन्स’ ले आफ्नो बजार विस्तार गर्दै अगाडि बढ्दै गइरहेको छ ।
जसले नेपालको मौसम र नेपालीहरूको फेसनमा बढ्दो रुचिलाई ध्यान दिँदै मौसम अनुसारको लुगाहरू उत्पादन गर्दै आएको छ । कुनै समय इलामको पशुपतिनगरमा खुद्रा पसल गरेका जनक कार्की अहिले नेपाली ब्रान्ड पोइजन जिन्स अर्थात ब्रान्ड आइकन बनेका छन् ।
पूर्वबाट उदाएको व्यापारिक ब्रान्डलाई निरन्तरता दिँदै नेपाली ब्रान्डलाई स्थापित गराउने सुरमा कार्की छन् । ‘पोइजन जिन्स’ लुगाको व्यापारलाई ब्रान्ड बनाएर फेसनको दुँनियामा बजार कब्जा गर्ने ध्याउन्नमा पुगेको छ ।
देशदेखि विदेशसम्म प्रतिस्पर्धाको बजारमा पोइजन ब्रान्ड बनाउन लागि परेको। देश सुहाउँदो लुगा उत्पादन गर्नु पोइजनको अर्को विशेषता भन्दा फरक नपर्ला । त्यहीँ भएर बजारमा सबैभन्दा बढी खोजीको सूचीमा पर्न थालेको छ ।
मुलुकका विभिन्न ठूला शहरका आउटलेटमा पोइजन जिन्सका लुगा र होर्डिङ बोर्ड देख्न सकिन्छ । प्रत्येक ठूला शहरमा पोइजन जिन्सका लुगाहरूको माग बढेको कार्कीले बताए । पोइजनका लुगाले अहिलेका युवाहरूलाई बढी लोभ्याएको उनी दाबी गर्छन् ।
नयाँदेखि पुराना पु्स्ताले पोइजनका लुगाहरू मन पराएको उनको अनुभव छ । 'बजारमा पोइजनमा लुगाहरूको माग बढेको भन्दै रिटेलरहरू कम्पनीमा आउने गरेका छन्,' कार्की भन्छन् ।
पोइजन जिन्सले पुरूषलाई लक्षित गरेर फेसनका लुगाहरू उत्पादन गर्दै आएको छ । एक दशकअघि स्थापना पोइजन जिन्सले नेपाली युवाहरूमा छुट्टै ब्रान्ड बनाउन सफल भएको कार्की बताउँछन् ।
पोइजनले मौसम अनुसारको लुगा उत्पादन गर्दै आएको छ । जाडो, गर्मी र चाडबाडलाई लक्षित गरेर पनि लुगाहरू बजारमा पुर्याउने गरेको कार्कीले बताए ।
पोइजन जिन्सले गर्मी मौसममा जिन्स, सट, टिर्सट, स्पोर्ट्स वेयर, ट्राउजर, सेन्डो स्पोर्टस सट, फेसनवेल हाफेन्ट, हाफेन्ट, कटनका हाफेन्टहरू, पातलो विन्सिटर उत्पादन गर्छ ।
दशैं चाँडो भएमा त्यहीँ अनुसारको लुगा उत्पादन गर्ने गरिएको सञ्चालक कार्कीको भनाइ छ । जिन्स ज्याकेटलगायत अन्य लुगाहरू उत्पादन हुने गरेको उनले बताए ।
पोइजनले गर्मीमा मात्र नभई जाडो मौसमका लागि समेत लुगाहरू उत्पादन गर्ने गरेको छ । फरक-फरक मौसमका लागि फरक डिजाइन तथा फेसन र बजारको माग अनुसार लुगा उत्पादन गर्नु पोइजनको विशेषता हो ।
जाडो मौसममा लेदरका ज्याकेट, फहर जीन्स (भित्र तातो हुने कपडा), हुँडी, जम्पर, फहर भएका ट्राउजर र ज्याकेट उत्पादन गरिने कार्कीले जानकारी दिए ।
समयअनुसारको लुगा उत्पादन गर्नु पोइजनको विशेषता रहेको मान्न सकिने उनको बुझाइ छ ।
‘नेपाली ब्रान्ड हो तर यसले राम्रा-राम्रा लुगाहरू उत्पादन गर्ने गर्छ । सबै उमेरकालाई सहज हुने लुगाहरू पाइन्छ,’ कार्कीले सुनाए,’ पोइजन नेपालमा अत्यधिक रुचाइएको ब्रान्डमा पर्ने गरेको छ । धेरै लुगाहरू नेपालमा बनाइन्छ । केही लुगाहरू मात्र विदेशबाट बनाएर ल्याइन्छ ।‘
उनको कामप्रति उपभोक्ता दुवै खुशी छन् । विदेशीले पनि नेपाली ब्रान्डलाई रुचाइरहेको उनको दाबी छ । धेरै विदेशीले पोइजन खोज्ने गरेको सूचनाहरू कम्पनीसम्म आइपुग्ने गरेको कार्कीले बताए ।
स्वदेशमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा युवा ग्राहक र रिटेलरसम्म पुर्याउने उद्देश्यले नेपाली लुगा ।
‘स्वदेशी पहिरनले देशप्रेमको भावना बढ्ने भएर नै होला स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ,’ कार्की अगाडि थप्छन् ।
युवाहरूमा पछिल्लो समय मुलुक छोड्ने क्रम बढेको छ । तर कार्की भने स्वदेशमै केही गर्नुपर्छ भनेर लुगामा खुलेर लागेका छन् ।
कार्कीले आर्थिक मन्दीको असर हिजोआज रिटेलरले गर्ने माग पनि कम हुँदै गइरहेको अनुभव सुनाए । यहाँसम्म आउन जनकले धेरै संघर्ष गरेका छन् ।
नयाँ र फरक काम गर्न चाहने जनक फेसनमा फरक सोच राख्छन् । उनको सोचाइ अनुसार फेसनमा फरक- फरक डिजाइन देखा परिरहेको छ ।
काठमाडौंको न्युरोडमा नेपाली पोइजन ब्रान्ड चलाएका कार्की सुनसरीदेखि लगानीकर्ताको रुपमा पाइला बढाए । न्युरोडबाट वितरण हुने पोइजन आज मुलुकभर अधिकांश रिटेलरमा पुग्ने गरेको उनले जानकारी दिए ।
कार्कीको ‘मेड इन नेपाल’प्रति ठूलो राग छ । नेपाली ब्रान्डको इज्जत राखे आफ्नो र मुलुकको इज्जत पनि बढ्ने उनको विश्वास छ । मुलुकमै उत्पादित सामग्री उपभोग र बजार विस्तार हुनु गौरव मात्र होइन, मुलुक समृद्धिको दिशातर्फ जाँदैछ भन्ने संकेत रहेको उनको बुझाइ छ ।
मुलुकमा भएका स्थापित ब्रान्डले मुलुकमा केही काम गर्न सकिने वातावरण रहेको सन्देश दिन सकिन्छ,’ कार्कीले अगाडि थपे,’ यसले व्यवसायीको परिचय मात्र नदिएर विदेशबाट हुने आयात रोक लगाउन सकिन्छ ।‘
नेपाली ब्रान्ड पोइजन जीन्सलाई www.poisonjeans.com.np मा भेट्न सकिन्छ ।
त्यसैगरी फेसबुकमा https://www.facebook.com/PoisonJeansNepal पनि भेट्न सकिन्छ ।