
सरकारी सूचनामा अनधिकृत पहुँच पुर्याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १ का सन्तोष चिमोरिया र दमक नगरपालिका ९ का विकास पौडेल छन् ।
उनीहरूले केही महिनादेखि सरकारी एवं गैरसरकारी कार्यालयहरूको सूचना प्रणाली तथा सम्बन्धित सर्भरमा अनधिकृत पहुँच पुर्याएको दाबी प्रहरीको छ ।
प्रहरीको साइबर ब्यूरोका अनुसार यी दुई जनाले सीएमडी नेपाल, नेपाली फर नेपाल लगायतका समूह बनाएर मेडिकल काउन्सिल, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत पहुँच पुर्याएका थिए ।
विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा चिमरिया र पौडेललाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।