१४ असार २०८३, आइतबार

अमेरिकी उपराष्ट्रपतिको घरमा हमला

पुस २१, २०८२
काठमाडौं
अमेरिकी उपराष्ट्रपतिको घरमा हमला

अमेरिकी उपराष्ट्रपति जेडी भान्को ओहियो राज्यको सिनसिनाटीस्थित घरमा हमला भएको छ। आइतबार राति करिब सवा १२ बजे भएको उक्त घटनामा घरका झ्यालका सिसाहरू फुटाइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, घटनाको समयमा उपराष्ट्रपति भान्स र उनको परिवार घरमा उपस्थित थिएनन्। उनी घटना हुनुभन्दा केही घण्टा अघि मात्रै सिनसिनाटीबाट प्रस्थान गरेका थिए। प्रहरीले घर नजिकै भागिरहेको अवस्थामा एक संदिग्धलाई हिरासतमा लिएको छ। ती व्यक्ति घरभित्र पस्न भने सफल नभएको अधिकारीहरूले जानकारी दिएका छन्।

२.३ एकडमा फैलिएको र करिब १४ लाख डलर मूल्यको उक्त घरमा भएको हमला सुनियोजित थियो वा अन्य कुनै कारणले भएको हो भन्नेबारे सीक्रेट सर्भिस र स्थानीय प्रहरीले अनुसन्धान गरिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्