२९ जेठ २०८३, शुक्रबार
तीनकुनेमा आगलागी

क्षणभरमै खरानी बन्यो काठ गोदाम र स्कूल [फोटोफिचर]

पुस २२, २०८२
काठमाडौं
क्षणभरमै खरानी बन्यो काठ गोदाम र स्कूल [फोटोफिचर]

काठमाडौंको तीनकुने गैरीगाउँस्थित एक काठ गोदाम आगलागी हुँदा गोदाम र त्यससँग जोडिएको एक स्कूलमा ठूलो क्षति पुगेको छ ।

मंगलबार दिउँसो काठ गोदामबाट सल्किएको आगो विद्यालयमा समेत सरेको हो । 

काठ गोदाममा आगो लाग्ने बित्तिकै त्यससँग जोडिएको लोयोला स्कूलले विद्यार्थी र सवारीसाधन बाहिर निकालेको थियो । 

त्यसक्रममा विद्यार्थीबीच भागदौड मच्चिएको छ ।

स्कूलका शिक्षक रमेश पनेरूका अनुसार गोदाममा आगो सल्किएको थाहा पाउनेबित्तिकै विद्यार्थी र सवारीसाधनलाई बाहिर निकाले पनि स्कूल भने आगलागीबाट पूर्ण रूपमा क्षति हुन पुगेको छ । 

null

उनले लोकान्तरसँग भने,‘विद्यार्थी पठनपाठनमै व्यस्त थिए, एक्कासि धुवाँको मुस्लो छुट्यो, सँगै टाँसिएको काठ गोदाममा पो आगो लागेको रहेछ, तत्कालै विद्यार्थी र सवारीसाधन बाहिर निकाल्यौं ।’ 

अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौंमा महानगरपालिकाको दमकलले आगो निभाइरहेका छन् ।

क्षतिको विवरण आउन बाँकी छ । 

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्