०९ असार २०८३, मंगलबार

मोटरसाइकल चोरीका आरोपी समत्दा भेटिए पटके अभियुक्त

पुस २२, २०८२
काठमाडौं
मोटरसाइकल चोरीका आरोपी समत्दा भेटिए पटके अभियुक्त

मोटरसाइकल चोरीमा संलग्न एक आरोपीको विगत खोतल्दा उनले यसअघि पनि ८ पटक मुद्दा खेपेको तथ्य खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको तीनकुने र सिनामंगलबाट चोरी भएका दुई मोटसाइकल खोजी गर्दा दोलखाका अब्राहम थामी र गोविन थामी पक्राउ परेका थिए ।

अब्रामहमविरुद्ध २०७६ यता प्रहरीका विभिन्न युनिटमा ८ मुद्दा चलेको पाइएको छ । 

अब्रामहविरुद्ध २०७६ असोज ५ मा बानेश्वर वृत्तमा चोरी तथा डाँका मुद्दा, सोही वर्ष पुस २ मा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अभद्र व्यवहार मुद्दा, पुस १४ र पुस २९ मा प्रहरी वृत्त जनसेवा र सिंहदरबारमा चोरी मुद्दा, २०७७ साउन १, मंसिर २६ र पुस ६ मा प्रहरी वृत्तहरू क्रमश: बौद्ध, सिंहदरबार र महाराजगञ्जमा चोरी मुद्दा र २०८० चैत १५ मा जिल्ला प्रहरी कार्यालय दोलखामा सवारी ज्यान मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट खुलेको छ । 

अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार अब्रामह र गोविनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्