०५ असार २०८३, शुक्रबार

एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ

पुस २७, २०८२
काठमाडौं
एकनाले भरुवा बन्दुकसहित २ जना पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट १ थान भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका १२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस्तै, स्याङ्जाको विरुवा गाउँपालिका ६ लेवा बस्ने ७२ वर्षीय रामबहादुर सुनार पनि एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

उनलाई ​भरुवा बन्दुक १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारसहित शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी​ बिरुवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार बरामद गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्