१३ असार २०८३, शनिबार

लिबियामा २१ आप्रवासीको शव गाडिएको चिहान फेला

माघ १, २०८२
काठमाडौं
लिबियामा २१ आप्रवासीको शव गाडिएको चिहान फेला

लिबियाली अधिकारीले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेको छ।

सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाले उत्तरपूर्वी सहर अजदाबियामा आप्रवासीको हत्या गरेको र अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।
लिबिया प्रत्येक वर्ष युरोप पुग्न खोज्ने हजारौँ आप्रवासीका लागि एक प्रमुख ट्रान्जिट देश हो, जहाँ आप्रवासीको मृत्युको खबर बारम्बार रिपोर्ट गरिएको छ।
टेलिभिजन च्यानल अल–मसारका अनुसार लिबियाको पूर्वी क्षेत्रमा रहेको आन्तरिक सुरक्षा निकायले एउटा सामूहिक चिहान फेला परेको जनाएको छ जसमा विभिन्न अफ्रिकी मुलुकका २१ नागरिकको शव छ।
पूर्वी लिबियाको सेनाका नेता खलिफा हफ्तारसँग गठबन्धन गरेको च्यानलले फार्ममा छापा मार्ने क्रममा संदिग्धलाई पक्राउ गरिएको जनाएको छ।
लिबिया पूर्वमा हफ्तारको समर्थन रहेको प्रशासन र संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त पश्चिममा रहेको सरकारबीच विभाजित छ।
अल वासत नाम गरेको स्वतन्त्र समाचार च्यानलले ती व्यक्तिले फार्ममा आप्रवासीलाई बन्धक बनाएर राखेको थियो, जसमध्ये केहीलाई छापा मारी उद्धार गरियो र पछि अस्पताल भर्ना गरियो।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा शव एकै स्थानमा थुपारिएको र एक दर्जनभन्दा बढी शवको झोला भुइँमा थुपारिएको देखिएको छ।
सन् २०११ मा नेटोको समर्थन प्राप्त विद्रोहले लामो समयदेखि तानाशाह रहेको मोहमर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्पन्न भएको अराजकताबाट बाहिर निस्कन लिबियाले सङ्घर्ष गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्