२३ जेठ २०८३, शनिबार

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

माघ २, २०८२
काठमाडौं
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ ।

संघले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताउनुभयो ।

संघको निर्वाचन काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते हुने भनिएको थियो भने काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निर्धारित गरिएको थियो ।

केही समयअघि डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्