०७ असार २०८३, आइतबार

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

माघ ५, २०८२
काठमाडौं
पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
फाइल तस्वीर ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । 

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रसाईंलाई चाउथेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका प्रसाईंलाई काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप  लगाएका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रूपैयाँ बुझाएको भन्दै प्रसाईंले विवादित अभिव्यक्ति दिएका थिए ।

प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले आइतबार प्रहरीलाई पत्राचार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्