१४ असार २०८३, आइतबार

एन्फा राष्ट्रिय लिग फूटबल : एनआरटीसँग ३-१ ले पराजित सातदोबाटो युथ

माघ ५, २०८२
काठमाडौं
एन्फा राष्ट्रिय लिग फूटबल : एनआरटीसँग ३-१ ले पराजित सातदोबाटो युथ

एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको सोमबार सम्पन्न दोस्रो खेलमा न्यू रोड टिम (एनआरटी) ले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।

एनआरटीको जितमा विज्ञान खड्काले दुई गोलको योगदान गरे । खेल शुरू भएको सातौं मिनेटमै पहिलो गोल गरेका थिए ।

निर्धारित समयको १७औं मिनेटमा एनआरटीका लागि टिमोथी आकेरेकले दोस्रो गोल गरेका थिए ।

३२औं मिनेटमा फोडे फोफनाले सातदोबाटोका लागि एक गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा विज्ञानले टोलीका लागि अर्को गोल थपेका थिए ।

सोमबारको तेस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच खेलिने छ । उक्त खेल साँझ १८:३० बजे दशरथ रंगशालामा शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्