
नेपाली कांग्रेसको पदाधिकारी अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा मंगलबार वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, रमेश बडाल, शेरबहादुर केसी, ध्रुवलाल श्रेष्ठका साथै अधिवक्ताहरू पंकजकुमार कर्ण र यज्ञराज पोखरेलले बहस गरेका हुन् ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा, पूर्णबहादुर खड्काले निर्वाचन आयोगको उक्त निर्णय बदर गर्नुपर्ने, निर्वाचन मनोनयन स्थगित गरी यथास्थितिमा राख्नु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
कांग्रेसको विशेष महाधिवेशनले चयन गरेको नयाँ कार्यसमितिलाई आयोगले अद्यावधिक गरेपछि देउवा पक्ष सर्वोच्च पुगेको हो ।