१६ असार २०८३, मंगलबार

साफ यू–१९ महिला फुटबल टोली घोषणा

माघ ६, २०८२
काठमाडौं
साफ यू–१९ महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि आज २३ सदस्यीय नेपाली  टोली घोषणा गरेको छ । 

    यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म पोखरा रङ्गशालमा हुने च्याम्पियनसिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।

    टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ,  निर्मला आचार्य र प्रजिता राई छन् । 

    यस्तै, पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा छन् । 

प्रतियोगितामा  नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्