०४ असार २०८३, बिहीबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ ७, २०८२
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ६ बस्ने जिवराज पोखरेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी प्रतिवादी रहेको मुद्दामा सरकारी साक्षी पोखरेलले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगमा गरेको भन्दा फरक बयान दिएका थिए । 

आयोगले उनीविरुद्ध २७ लाख २३ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद दुवै सजायको मागदाबी गरेको छ ।

यस्तो छ आरोपपत्र : 

salt training

कमेन्ट गर्नुहोस्