०५ असार २०८३, शुक्रबार

श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

माघ ७, २०८२
म्याग्दी
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यही माघ ३ गते राति शौचालय गएकी झिनडाडाकी २० वर्षीया पुनमाया विकको हत्या गरेर फरार भएका पोखरा महानगरपालिका–२३ ठूलाखेत घर भई पोखराको सिर्जनाचोकमा डेरा गरेर बस्ने ३२ वर्षीय प्रेम भनिने रमेश कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रमेशलाई आज मुलकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिए ।

पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए ।

प्रहरीसँग रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायाको शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

रमेशको साथबाट प्रहरीले घटनाको समयमा लगाएको रगत जस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोबाइल, एनसेल र नेपाल टेलिकमको सिम बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्