२४ असार २०८३, बुधबार

एनसेल टाइगर कप : उत्कृष्ट पुनरागमन गर्दै पुलिस क्लबले विभागीय प्रतिद्वन्द्वी आर्मी क्लबलाई हरायो

माघ १०, २०८२
काठमाडौं
एनसेल टाइगर कप : उत्कृष्ट पुनरागमन गर्दै पुलिस क्लबले विभागीय प्रतिद्वन्द्वी आर्मी क्लबलाई हरायो

पोखरामा जारी एनसेल टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार खेलिएको महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजित भएको पुलिस क्लबले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

पहिलो सेटको नतिजालाई आर्मी क्लबले २५–१६ अंकले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि खेलमा फर्किएको पुलिस क्लबले लगातार तीन सेट जितेको थियो ।

पुलिस क्लबले दोस्रो सेटको नतिजालाई २५–१७ अंकले आफ्नो पक्षमा पार्‍यो । पुलिस क्लब तेस्रो सेटमा २५–२२ र चौथो सेटमा २५–१३ अंकले विजयी भयो ।

त्यसअघि, प्रतियोगिताको पहिलो दिन शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी भएको थियो ।

टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २६–१६ र २५–८ अंकले हराएको थियो ।

प्रतियोगिताको महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फ न्यु डायमण्ड, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र थाइल्याण्ड क्विन्स सहभागी छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्