
आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपाल र जिम्बाब्वेले भिड्दैछन् ।
शनिबार दिउँसो १ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको जिम्बाब्वेले अहिलेसम्म अंक जोड्न सकेका छैनन् ।
समूह ‘बी’ बाट तीनवटा टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछन् ।
आजको खेलमा जिम्बाब्वेलाई हराएमा नेपालको पनि अगाडि बढ्ने सपना जीवित रहनेछ ।
जिम्बाब्वेसँग पराजित भएमा नेपाली टोलीको ‘सुपर–६’ चरणमा पुग्ने र आगामी आईसीसी टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ ।
यो प्रतियोगिताबाट चारवटा टोली विश्वकपमा छनोट हुने छन् । त्यसैले यो प्रतियोगिता सहभागी १० वटै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।