
झापा र उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा अर्जुनधारा ६ बिहानी टोलस्थितमा बुद्धशान्ती ४ का सुमन लिम्बू, विवेक लिम्बू र बुद्धशान्ति ५ का केदारनाथ गिरीलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, उदयपुरको ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरी टोलीले को ३५ प ४९४४ नम्बरको मोटरसाइकलमा सवार बेलका ७ का लक्ष्मीपुजन बस्नेत र भक्त बहादुर थापाको साथबाट ३ किलो २०० ग्राम लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।