
नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी नागरिकलाई 'फेक रेस्क्यु' गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले लामो अनुसन्धानपछि गिरोहलाई नियन्त्रणमा लिएको हो ।
थप विवरण आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिने ब्यूरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।