२९ जेठ २०८३, शुक्रबार

फेक रेस्क्यू : हजार बढी ‘स्वीफ्ट कोड’ विश्लेषण, ३ करोड झुटो बीमा दाबी, ६ जना पक्राउ

माघ ११, २०८२
काठमाडौं
फेक रेस्क्यू : हजार बढी ‘स्वीफ्ट कोड’ विश्लेषण, ३ करोड झुटो बीमा दाबी, ६ जना पक्राउ

उच्च हिमाली क्षेत्रमा पर्वतारोहण गर्न आउने विदेशी नागरिकलाई ‘फेक रेस्क्यू’ गरेको सम्बन्धमा प्रहरीले आफ्नो अनुसन्धान बाहिर ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साढे दुई महिना लामो अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरेको हो ।

ट्रेकिङ कम्पनीहरूले शुरूमा विदेशी पर्वतारोहीसँग बीमा पोलिसीबारे जानकारी लिने र उच्च हिमाली क्षेत्रमा पुगेका पर्वतारोहीलाई अक्सिजनको कमी देखाएर रेस्क्यूका लागि हेलिकप्टर माग गर्ने गरेको सीआईबीले जनाएको छ ।

सीआईबीले 'फेक रेस्क्यू'बारे जानकारी दिन आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एआईजी मनोज केसीले भने, ‘पर्वतारोहण क्षेत्रमा हुँदै आएको यस्तो बदमासीले नेपालको छविमा समेत असर पुग्ने देखिएपछि सीआईबीले अनुसन्धान गरेर केही बदमासी बाहिर ल्याएको हो, हामी अझै पनि अनुसन्धानमै छौं ।’

null

विभिन्न अध्ययनबाट २०७४ मा ३५ प्रतिशत नक्कली र अनावश्यक रेस्क्यू गरिएको र २०७५ मा पर्यटन मन्त्रालयले छुट्टै कार्यदल बनाएर छानबिन गरी प्रतिवेदन बनाएर सीआईबीलाई बुझाएको केसीले जानकारी दिए ।

२०८२ असोजदेखि सीआईबीले फेक रेस्क्यूका सम्बन्धमा अनुसन्धान शुरू गरेको उनले जानकारी दिए । ‘यो बीचमा हामीले राष्ट्र बैंकबाट पाएको तथ्यहरू पनि विश्लेषण गर्‍यौं, केही उजुरी पनि आए, अनुसन्धान गर्दा नक्कली उद्धार अहिले पनि भइरहेको पुष्टि भयो,’ केसीले भने, ‘केही कम्पनीका सञ्चालकहरूलाई हामीले पक्राउ गरेका छौं ।’​

सीआईबीले माउन्टेन रेस्क्यूका सञ्चालक जयराम रिजाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेक राज थपलिया, एभरेष्ट एक्सपिरियन्स एन्ड एसेस्टका सञ्चालक मुक्ति पाण्डे र यसका प्रबन्धक सुभाष केसीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

null

फेक रेस्क्यूमा संलग्न कम्पनी र यसका सञ्चालक एवं प्रबन्धकले आर्थिक हिनामिना मात्रै नभएर नेपालको छविमा समेत क्षति पुर्‍याउने उद्देश्यले काम गरेकाले राष्ट्रिय हितविरुद्धको अपराधमा समेत अनुसन्धान हुने उनले बताए । उनका अनुसार यो अपराध लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा समेत लैजाने गरी अनुसन्धान शुरू भएको छ ।   

पर्वतारोहीहरूलाई जवरजस्ती रेस्क्यू गरेर आर्थिक भार थप्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। ‘चार्टर्ड फ्लाइट गराएर काठमाडौं ल्याएको विषयमा समेत रेस्क्यू गरेको भनेर पर्वतारोहीबाट बीमा दाबी गरेको अवस्था देखियो,’ सीआईबीले भन्यो, ‘पदयात्रा सकिएपछि फर्कने क्रममा हिँड्न गाह्रो भएको देखेर हेलिकप्टर चार्टर्डमा जाउ भनेर काठमाडौं ल्याई अस्पतालमा राखेर बीमा दाबी गरेको देखियो ।’

सीआईबीको अनुसन्धानबाट पहिलो चरणमा माउन्टेन रेस्क्यू सर्भिसले १ हजार २४८ वटा मध्ये एक सय ७१ वटा शङ्कास्पद रेस्क्यू गरेको तथ्य खुलेको छ । यस्तै १० मिलियन बीमा दाबी गरेको देखिएएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपाल चार्टर्ड सभिसले ४७१ जनामध्ये ७५ जना शङ्कास्पद रेस्क्यू गरेको र ८२ लाख बीमा दाबी गरेको सीआईबीले जनाएको छ । एभरेष्ट एक्सपिरियन्सनले ६ सय १ मध्ये ७१ जना शङ्कास्पद रेस्क्यू गरेको सीआईबीले जनाएको छ ।

null

कमेन्ट गर्नुहोस्