
कैलालीमा ३० वर्षीया श्रीमती हीरा दाहालको हत्या गरेको अभियोगमा उनकै श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका ८ घर भएका सतिङ दाहाल छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी वादविवादका क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हीराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।