२२ असार २०८३, सोमबार

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ : नयाँ बाइक किन्नेहरूका लागि सुनौलो अवसर

माघ १२, २०८२
काठमाडौं
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ : नयाँ बाइक किन्नेहरूका लागि सुनौलो अवसर

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ शुरू गरेको छ ।

यही माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर 220F FI BS6 को औपचारिक सार्वजनिक गरिएको छ ।​ कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ पल्सर F220F FI BS6 ले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने कम्पनीको दाबी छ ।

विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबीएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२०एफ ४ लाख ३९ हजार ९०० रुपैयाँको शुरूआती मूल्यमा उपलब्ध गराइनेछ ।​​​

null

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, नि:शुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा ८ हजार रुपैयाँसम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका अनुसार यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो ।

पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास रहेको छ ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारीका लागि नजिकको बजाज शोरुम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्