०९ असार २०८३, मंगलबार

ठगीको आरोपमा ४ जना पक्राउ

माघ १३, २०८२
काठमाडौं
ठगीको आरोपमा ४ जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनीषा अधिकारी छन् ।

यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी र चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्यलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्