१५ असार २०८३, सोमबार

इरानतर्फ अमेरिकाको अर्को युद्धपोत अघि बढिरहेको दाबी

माघ १४, २०८२
काठमाडौं
इरानतर्फ अमेरिकाको अर्को युद्धपोत अघि बढिरहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ अमेरिकाको अर्को एउटा शक्तिशाली नौसैनिक बेडा (युद्धपोतको समूह) अघि बढिरहेको बताएका छन्। मंगलबार एक सार्वजनिक सम्बोधनका क्रममा ट्रम्पले जहाजहरूको 'सुन्दर बेडा' इरानतर्फ गइरहेको बताउँदै अब के हुन्छ भन्ने कुरा प्रतीक्षाको विषय भएको बताए।
ट्रम्पले सैन्य दबाबका बीच इरानले अमेरिकासँग कुनै सम्झौता गर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे। उनले गत हप्ता पनि एक ठूलो अमेरिकी सैन्य टोली इरानतर्फ पठाइएको बताएका थिए।
यसैबीच, बीबीसी फारसी सेवाका अनुसार अमेरिकाको अत्याधुनिक युद्धपोत 'अब्राहम लिंकन' फारसको खाडीमा पुगिसकेको छ। परमाणु ऊर्जाबाट सञ्चालित यो युद्धपोत अमेरिकाको सबैभन्दा ठूला र उन्नत एयरक्राफ्ट क्यारियर (विमानवाहक युद्धपोत) मध्ये एक मानिन्छ। 

अमेरिकाले लगातार आफ्ना अत्याधुनिक युद्धपोतहरू इरान नजिकै तैनाथ गरेपछि यस क्षेत्रमा सैन्य मुठभेड हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्