१३ असार २०८३, शनिबार

महाराष्ट्रमा अजित पवार सवार विमान दुर्घटनाग्रस्त

माघ १४, २०८२
काठमाडौं
महाराष्ट्रमा अजित पवार सवार विमान दुर्घटनाग्रस्त
उपमुख्यमन्त्री अजित पवार ।

भारतको महाराष्ट्रस्थित बारामतीमा विमान दुर्घटना भएको छ। उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको बताइएको छ।

दुर्घटनाको समयमा अजित पवार पनि विमानमा थिए। उनी गम्भीर घाइते भएको दैनिक भास्करले जनाएको छ ।

जिल्ला परिषद्को चुनावको सन्दर्भमा पवारले आज बारामतीमा र्‍याली गर्ने कार्यक्रम थियो । उनी आज बिहान बैठकको लागि बारामती पुगेका थिए।

तर, अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको हो । 

यद्यपि, उनीबाहेक विमानमा कति जना सवार थिए भन्ने कुरा अझै खुलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्