
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अत्यधिक चिसोको कारण युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा एक साता आक्रमण नगर्न सहमत भएकको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
वाशिंगटन, डीसीमा टेलिभिजनमा प्रसारित मन्त्रिपरिषद् बैठकको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, 'मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई कीभ र अन्य शहरहरूमा आक्रमण गर्न एक हप्ताको लागि स्थगित गर्न अपील गरेको थिएँ र उनले सहमति जनाएका छन् ।'
यद्यपि, रूसले आधिकारिक रूपमा त्यस्तो कुनै सम्झौताको पुष्टि गरेको छैन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पको बयानको स्वागत गर्दै रूसले आफ्नो वाचा पूरा गर्ने आशा व्यक्त गरे ।
राजधानी कीभमा तापक्रम अझै तीव्र रूपमा घट्ने अपेक्षा गरिएको छ । आगामी केही दिनमा तापक्रम माइनस २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने बीबीसीले जनाएको छ ।