१३ असार २०८३, शनिबार

इरानले भन्यो– युरोपेली संघले गम्भीर गल्ती गरिरहेको छ

माघ १६, २०८२
काठमाडौं
इरानले भन्यो– युरोपेली संघले गम्भीर गल्ती गरिरहेको छ

इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली संघ (ईयू)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)लाई आफ्नो आतंकवादी सूचीमा राखेर ठुलो गल्ती गरेको बताएका छन् ।

उनले भने, ‘धेरै देशहरूले यस क्षेत्रमा युद्ध रोक्न प्रयास गरिरहेका छन् । तर तीमध्ये एउटा पनि युरोपेली देश समावेश छैन ।’

अराघचीले युरोपले यो द्वन्द्वलाई अझ बढावा दिइरहेको भने । ‘अमेरिकाको आदेशमा ईयूले अब हाम्रो राष्ट्रिय सेनालाई आतंकवादी संगठन घोषणा गरेर अर्को ठुलो रणनीतिक गल्ती गरेका छन्,’ अराघचीले भने।

यसैबीच, हालैका हप्ताहरूमा इरानमा प्रदर्शनकारीहरूमाथि भएको दमनको प्रतिक्रियास्वरूप युरोपेली संघ (ईयू)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई आफ्नो आतंकवादी सूचीमा थपेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्