१५ असार २०८३, सोमबार

ट्रम्पलाई खामेनीले दिए चेतावनी, भने– युद्ध सुरु गर्नुभयो भने यो क्षेत्रीय युद्ध हुनेछ

माघ १८, २०८२
काठमाडौं
ट्रम्पलाई खामेनीले दिए चेतावनी, भने– युद्ध सुरु गर्नुभयो भने यो क्षेत्रीय युद्ध हुनेछ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी आक्रमणले क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेका बेला खामेनीले यस्तो चेतावनी दिएका हुन् । 

अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकनसहित धेरै युद्धपोत अरब सागरमा तैनाथ गरिएका छन् ।

तेहरानमा देशव्यापी विरोध प्रदर्शनमाथि इरानको दमनपछि ट्रम्पको आदेशमा अमेरिकी युद्धपोत पठाइएको थियो ।

खामेनीले भने, ‘अमेरिकीहरूले बुझ्नुपर्छ कि यदि उनीहरूले युद्ध सुरु गरे भने यस पटक यो क्षेत्रीय युद्ध हुनेछ ।’


 

salt training

कमेन्ट गर्नुहोस्