
सशस्त्र प्रहरी बल नेपालले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर राजीनामा, रवाना र बिदा बन्द गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको हो ।
निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानका लागि रवाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नहुने सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।