२९ जेठ २०८३, शुक्रबार

ग्यास अभावपछि बालाजु औद्योगिक केन्द्रमा उपभोक्ताको भीड [तस्वीरहरू]

माघ २०, २०८२
काठमाडौं
ग्यास अभावपछि बालाजु औद्योगिक केन्द्रमा उपभोक्ताको भीड [तस्वीरहरू]

विगत दुई सातादेखि बजारमा खाना पकाउने एलपी ग्यास अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव देखिएको उपभोक्ताले बताएका छन् । 

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यास अभावको सामना गर्नु परेको उपभोक्ताको गुनासो छ ।

नेपाल ग्यासका बिक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमा उपभोक्ता पुग्ने गरेका छन् ।

कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ । 

बिहानदेखि दिनको २ बजेसम्म मात्र ग्यास वितरण गरिने कार्यालयमा अहिले दैनिक सयौं उपभोक्ताहरू लाम बस्ने गरेका छन् ।

उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएको बताएको छ ।​

तस्वीर : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्