
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगले प्रादेशिक अस्पतालका कार्यालय प्रमुखहरूका साथै तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र लेखा प्रमुख अशोककुमार यादव, अहेव श्यामकुमार मण्डल, कम्प्युटर अपरेटर पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल, लेखा प्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कानकुमारी मण्डललाई पनि प्रतिवादी बनाएको छ ।
उनीहरूलाई ३८ लाख ७७ हजार ७२४ रुपैयाँ, २५ लाख ४७ हजार ४१७ रुपैयाँ, २ लाख ८८ हजार २२९ रुपैयाँ र ५ लाख २ हजार ८१३ रुपैयाँ छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।
ओपीडीलगायत महत्त्वपूर्ण नगद काउन्टरमा दैनिक संकलन भएको राजस्व रकम राजस्व खातामा जम्मा नगरी ३८ लाख ७७ हजार रुपैयाँ प्रादेशिक अस्पताललाई हानि नोक्सानी गराएको आरोप आयोगको छ ।
यस्तो छ आरोप पत्र :