०३ असार २०८३, बुधबार

बौद्धमा एक करोड चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

माघ २२, २०८२
काठमाडौं
बौद्धमा एक करोड चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं महानगरपालिका–६ टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड बराबरको सुनको गहना चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार नेपालगञ्ज घर भएका थारूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

पक्राउ गर्न जाँदा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको थियो । थारूको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 

मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारूले ३० तोला सुन, चाँदीका गहनासहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरी अनुसन्धान निष्कर्ष छ ।
 

salt training

कमेन्ट गर्नुहोस्