२६ जेठ २०८३, मंगलबार

काठमाडौंमा ३७१ महिलाको निःशुल्क प्याप स्मियर परीक्षण

माघ २२, २०८२
काठमाडौं
काठमाडौंमा ३७१ महिलाको निःशुल्क प्याप स्मियर परीक्षण

विश्व क्यान्सर दिवसका अवसरमा तेरापंथ महिला मण्डल, काठमाडौंले निःशुल्क प्याप स्मियर परीक्षण शिविर आयोजना गरेको छ । 

नारी स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविर काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा सम्पन्न भएको हो ।

शिविर परोपकार म्याटरनिटी एण्ड वुमेन्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल तथा चुन्नीखेल हेल्थ पोस्टमा सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको आयोजकले जनाएको छ । 

कार्यक्रममा तेरापंथ महिला मण्डल, काठमाडौंकी अध्यक्ष संगीता बोथरा, तेरापंथ सभाका अध्यक्ष शुभागमल जम्मड, अखिल भारतीय तेरापंथ महिला मण्डलकी नेपाल प्रभारी अमिता नाहटा, निवर्तमान अध्यक्ष निशा जैन, चीनका स्तन क्यान्सर विशेषज्ञ डा. च्याग र डा. जिङ, बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा तथा चुन्नीखेल वडा अध्यक्ष टीका नारायण श्रेष्ठ सहभागी थिए ।

null

शिविरमार्फत कूल ३७१ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा अध्यक्ष बोथराले शिविर सफल बनाउन योगदान पुर्‍याउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रशंसापत्र प्रदान गरिन् ।

विशेष अतिथिहरूले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै आयोजनाको प्रशंसा गरेका थिए । उक्त शिविरले नारी स्वास्थ्य, जनचेतना र सामाजिक करुणाको सशक्त सन्देश दिएको आयोजकको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्