२४ जेठ २०८३, आइतबार

फिल्म ‘घूसखोर पण्डित’को प्रमोशनल सामग्री हटाइएपछि अभिनेता मनोज बाजपेयीले के भने ?

माघ २३, २०८२
काठमाडौं
फिल्म ‘घूसखोर पण्डित’को प्रमोशनल सामग्री हटाइएपछि अभिनेता मनोज बाजपेयीले के भने ?

फिल्म ‘घूसखोर पण्डित’लाई लिएर उठिरहेका आपत्ति तथा फिल्म निर्माता नीरज पाण्डेको तर्फबाट जारी गरिएको वक्तव्यपछि अभिनेता मनोज बाजपेयीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् ।

फिल्ममा मुख्य भूमिका निभाएका मनोज बाजपेयीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘एक कलाकारको रूपमा म कुनै पनि फिल्ममा आफ्नो पात्र र कथामार्फत प्रस्तुत हुन्छु ।’

उनले थपे, ‘मेरो लागि यो (‘घूसखोर पण्डित’को पात्र) एक कमजोर मानिस र उसको आत्मपहिचानको यात्रालाई देखाउने प्रयास थियो । यसको उद्देश्य कुनै पनि समुदायबारे कुनै किसिमको टिप्पणी गर्नु होइन ।’

मनोज बाजपेयीले नीरज पाण्डेसँगको सहकार्यबारे पनि उल्लेख गर्दै भनेका छन्, ‘नीरज पाण्डेसँग काम गर्ने मेरो अनुभवमा उहाँले आफ्ना फिल्महरूमा सधैं गम्भीरता र सावधानीका साथ काम गर्दै आउनु भएको छ ।’  

अन्त्यमा उनले भने, ‘जनताको भावनालाई ध्यानमा राख्दै फिल्म निर्माण टोलीले प्रमोशनल सामग्री हटाउने निर्णय गरेको छ । यसले उठाइएका चिन्ताहरूलाई कति गम्भीरताका साथ लिइएको छ भन्ने कुरा स्पष्ट देखाउँछ ।’

 

salt training

कमेन्ट गर्नुहोस्