
ओखलढुंगामा वृद्ध दम्पतीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
यही माघ १३ गते चिशङ्खुगढी-६ भदौरेका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेर ओखलढुंगा पुर्याइँदै गरेको एक प्रहरी अधिकारीले बताए ।
यस विषयमा आइतबार पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, डीएसपी मदन केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा भदौरेकै रहेको बताइएको छ । उनीहरू दाजुभाइ समेत रहेका एक अनुसन्धान अधिकृतले बताए । आइतबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन ।
चन्द्रविक्रम र चन्द्रमायाको हत्यापछि त्यहाँ लुटपाट भएको थियो ।