![वरिष्ठ अभिनेता सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डमा कलाकारको घुइँचो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/sunil_thapa_11_uMxofYiEUd.jpg)
वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । आइतबार दिउँसो उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि बार्डमा राखिएको छ ।
बोर्डको कार्यालयमा थापालाई श्रद्धाञ्जली दिन कलाकाहरूको घुइँचो लागेको छ । सरोज खनाल, गौरी मल्ल, रेखा थापा, हरिवंश आचार्यलगायत थुप्रै कलाकाहरू थापालाई श्रद्धाञ्जली दिन बोर्ड पुगेका छन् ।
६८ वर्षको उमेरमा थापाको शनिबार बिहान निधन भएको थियो । सुनिलले दर्जनौं नेपाली फिल्मका साथै बलिउड फिल्म तथा बेव सिरिजहरूमा अभिनय गरेका छन् ।
उनको अन्त्येष्टि पनि आजै गर्ने तयारी छ ।



















तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी