
क्रिकेटर हार्दिक पाण्ड्याकी पूर्वपत्नी नताशा स्टेनकोभिक सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनेकी छन् । हालै नताशाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा उनी नवी मुम्बईस्थित पिल्लई विश्वविद्यालयमा अतिथि (गेस्ट)को रूपमा पुगेकी देखिन्छ । कार्यक्रममा उनी स्टेजमा उक्लिएर नृत्य पनि गरिन् ।
नताशा उक्त कलेजमा आयोजित डुएट डान्स प्रतियोगिताकी निर्णायक (जज) थिइन् । उनको नृत्य देखेर कार्यक्रममा उपस्थित दर्शकहरूले हुटिङ गरेका थिए । धेरै प्रशंसकहरूले नताशाको आकर्षक शैली र नृत्य कौशलको खुलेर प्रशंसा गरे । तर केहीले भने कलेजको कार्यक्रममा यसरी नाच्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
ट्रोलको आलोचना, फ्यानको समर्थन
कलेजमा प्रस्तुति दिएको विषयलाई लिएर केही ट्रोलहरूले नताशामाथि कटाक्ष गरे । कतिपयले उनलाई बेरोजगार भएको आरोपसमेत लगाए । सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले लेखेका छन्, ‘हार्दिकसँगको तलाकपछि नताशा बेरोजगार भएकी छन् । त्यसैले कलेज–कलेजमा नाचेर गुजारा गर्नुपरेको छ।’
केही प्रयोगकर्ताहरूले च्याट जिपिटीमार्फत नताशाले पाएको एलिमनी रकमबारे जानकारी खोजेको देखियो । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तलाकपछि हालत कस्तो भयो।’
यद्यपि, नताशाका फ्यानहरूले उनको पक्षमा समर्थन जनाएका छन् । उनीहरूले ट्रोललाई अभिनेत्रीमाथि बुलिङ नगर्न आग्रह गर्दै नताशाको आत्मसम्मान र पेशागत स्वतन्त्रताको बचाउ गरेका छन् ।