२९ जेठ २०८३, शुक्रबार

सिड्नीमा ‘कम्पनी’ लोकार्पण

माघ २६, २०८२
काठमाडौं
सिड्नीमा ‘कम्पनी’ लोकार्पण

अस्ट्रेलियाको सिड्नी निवासी साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पित भएको छ । 

सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको उल्लेख्य सहभागिता रह्यो ।

करिब दुई घण्टासम्म चलेको कार्यक्रममा उपन्यास लोकार्पण गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, कुमार शर्मा, सानु घिमिरे र शौरभ श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे छलफल गराइन् । 

लेखक प्रकाश पन्थी तथा प्रज्ञा पनेरुले लोकार्पित पुस्तक ‘कम्पनी’माथि आफ्ना धारणा प्रस्तुत गरे । करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आएका शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत छन् । लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उनी आख्यान लेखनतर्फ उत्रिएका हुन् । 

‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल शहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ। परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक वयस्क युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ।

उपन्यास बुकहिल पब्लिकेशनले प्रकाशित गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्