१५ असार २०८३, सोमबार

दक्षिण कोरियामा जनसंख्या बढाउन विदेशी महिला ल्याउन वकालत गर्ने अधिकारी पार्टीबाट निष्कासित

माघ २७, २०८२
काठमाडौं
दक्षिण कोरियामा जनसंख्या बढाउन विदेशी महिला ल्याउन वकालत गर्ने अधिकारी पार्टीबाट निष्कासित
तस्वीर : बीबीसी

जन्मदर बढाउन भियतनाम वा श्रीलंकाबाट युवतीहरूलाई दक्षिण कोरिया ल्याउन सुझाव दिने एक सरकारी अधिकारीलाई त्यहाँको सत्तारूढ दलबाट निष्कासित गरिएको छ।

दक्षिणी जिन्डो काउन्टीका प्रमुख किम ही-सूले गत हप्ता टाउन हल बैठकमा भियतनाम वा श्रीलंकाबाट महिला ल्याएर ग्रामीण क्षेत्रका युवा पुरुषहरूसँग विवाह गर्न सकिने बताएका थिए । दक्षिण कोरिया विश्वको सबैभन्दा कम जन्मदरसँग जुधिरहेको छ।

यदि यो अवस्था जारी रहे आगामी ६० वर्षमा देशको लगभग ५ करोड जनसंख्या आधा हुने अनुमान गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्