१० साउन २०८३, आइतबार

३४ स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने

माघ २७, २०८२
काठमाडौं
३४ स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने

नइ एकेडेमीले ‘विजय मल्ल नइ शताब्दी पदक’ ३४ जना स्रष्टालाई प्रदान गर्ने भएको छ ।

कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको नइ एकेडेमीको बैठकले विजय मल्लको शताब्दी महोत्सवको अवसरमा उक्त पदक प्रदान गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

उनका अनुसार विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त सिर्जनात्मक योगदानको सम्प्रेषण र संवर्द्धन लागि उल्लेखनीय योगदान दिएबापत उनीहरूलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गर्न लागिएको हो ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्राडा दयाराम श्रेष्ठ, प्राडा देवीप्रसाद गौतम, प्राडा देवीप्रसाद सुवेदी, नगेन्द्र थापा र नारायणदेवी प्रधान रहेका छन् ।

यसैगरी नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्राडा महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र लक्ष्मीनाथ शर्मालाई पनि उक्त पदक प्रदान गरिने छ ।

यसैगरी वसन्त श्रेष्ठ, महासमालोचक प्राडा वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्राडा हेमचन्द्र नेपाललाई  पनि उक्त पदक प्रदान गर्ने निर्णय भएको नइ एकेडेमीका सदस्य सचिव प्रसाईंले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन १६ गते ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्