०९ असार २०८३, मंगलबार

४५ वर्षअघि १०० रुपैयाँको गहुँ चोरीको मुद्दामा  ६५ वर्षीय वृद्ध पक्राउ

माघ २८, २०८२
काठमाडौं
४५ वर्षअघि १०० रुपैयाँको गहुँ चोरीको मुद्दामा  ६५ वर्षीय वृद्ध पक्राउ

४५ वर्षअघि १०० रुपैयाँ बराबरको गहुँ चोरीको मुद्दामा एक वृद्ध पक्राउ परेका छन् । सन् १९८० मा भएको गहुँ चोरी घटनासँग सम्बन्धित मुद्दामा ६५ वर्षीय सलीम मेवातीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिबार (फेब्रुअरी ७) पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटना भारतको मध्य प्रदेशस्थित खरगोन जिल्लास्थित बाल्कवाराको हो । 

प्रहरीका अनुसार सलीममाथि १९८० डिसेम्बरमा अन्य छ जनासँग मिलेर दुई फरक खेतबाट करिब १०० रुपैयाँ बराबरको गहुँ चोरी गरेको आरोप छ। घटनापछि माणिकचन्द पटेल र लालचन्द पटेलले छुट्टाछुट्टै एफआईआर दर्ता गराएका थिए ।

उपविभागीय प्रहरी अधिकारी श्वेता शुक्लाका अनुसार उक्त मुद्दा पुराना फाइल डिजिटलाइज गर्ने क्रममा सक्रिय भएको थियो । अदालतबाट जारी स्थायी वारेन्ट कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तहरूको खोजी गर्दा सलीमको पहिचान खुलेको बीबीसीले जनाएको छ । यसअघि सात अभियुक्तमध्ये दुई जनाको मृत्यु भइसकेको, चार जना जमानतमा छुटेको र सलीम अन्तिम बाँकी अभियुक्त रहेको प्रहरीले जनाएको छ।

पक्राउपछि सलीमलाई भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३७९ अन्तर्गत कारबाही अघि बढाइएको थियो । तर दुवै पक्षबीच समझदारी भएपछि मुद्दा मिलापत्रमार्फत टुंगिएको बताइएको छ। 

घटनाको समयमा सलिमको उमेर १९-२० वर्ष रहेको प्रहरीको रेकर्ड गरेको छ, जबकि परिवारले सलिमको जन्म १९६७ मा भएको र घटनाको समयमा किशोरावस्थामा रहेको दाबी गरेको छ ।

सलीम मूल रूपमा खरगोन जिल्लाको बाल्समुन्ड काङ्कड नामक गाउँका हुन्। विवाहपछि उनी आफ्नो ससुरालको घरबाट लगभग ७०-८० किलोमिटर टाढा धार जिल्लाको बाग गाउँमा सरेका थिए । यद्यपि, सलीमका अन्य आफन्तहरू अझै पनि बाल्समुन्ड काङ्कडमा बस्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्