
संखुवासभामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका १ बस्ने खाँदबारी नगरपालिका ६ घर भएका २४ वर्षीय चूडामणि चौलागाईं छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चौलागाईंले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिचिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।